![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/06/Saroj-Kumar-yadav.jpg)
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।
बुधबार दास्रो पटक बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले पाँचौ पटक विश्वासको मत मागेका थिए ।
प्रदेश सभामा आज उपस्थित १०३ जना सांसदहरुमध्ये मुख्यमन्त्रीलाई विश्वासको मत दिने पक्षमा ५० जना सांसद र विश्वासको मत नदिनेमा ५३ जना सांसद थिए ।
विश्वासको मत प्राप्त गर्न असफल भएसंगै मुख्यमन्त्री यादव स्वतः पदमुक्त भएका छन् ।