अपडेट 
२०८१ जेष्ठ २५, शुक्रबार ०८:५८

जेठ २८–३० गते सम्म जनकपुरधाममा हुन गइरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनको तयारी तीव्र गतिमा हुँदैछ ।

जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने उद्घाटन समारोहका लागि पण्डाल निर्माण कार्य अन्तिम चरणमा पुगे पनि आएको हावा हुरीले भत्काए पछि सोही ठाउँमा पण्डाल निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

जसपाका युवा नेता तथा प्रचार प्रसार समितिका संयोजक जीतेन्द्र यादवका अनुसार अहिले दैनिक तीन सिफ्टमा डेढ सय कामदारहरु काम गर्दैछन् । तीनै सिफ्टमा करिव डेढ सय सयको संख्यामा ५ सय भन्दा बढी कामदारहरु काम गरिरहेका कारण २७ गते सम्म पण्डाल निर्माणको कार्य सम्पन्न हुने उनले बताए । मौसम अनुकुल रहेका कारण अहिले काम पनि बढी भइ रहेको उनको भनाई छ । पण्डाल भत्के पछि महाधिवेशन हुने स्थानको सम्वन्धमा अन्योलता प्रकट गरिए पनि उक्त स्थानमानै महाधिवेशन हुने संयोजक यादवले बताए ।

जसपा नेपालले जेठ २८ देखि ३० सम्म एकताको राष्ट्रिय महाधिवेशन गर्दैछन् । जसकालागि आन्तरिक तयारी समेत पूरा भएको छ । मुलुक भरिबाट आउने क्रियाशिल सदस्य तथा पदाधिकारीहरुको लागि बास, खाना लगायतका अन्य तयारीहरु समेत अन्तिम चरणमा रहेको छ । प्रचार–प्रसारकालागि वालपेन्ट, फ्लेक्स, स्वागत द्वार निर्माणका कार्यहरुमा समेत तीव्रता दिइएको छ ।

मधेश प्रदेशका आठ वटै जिल्लाका हरेक पालिकामा पार्टीको महाधिवेशन सम्वन्धी सन्देशमूलक वाल पेन्टहरु भई रहेको छ । अहिले दिनहुँ पार्टीका मातृ संगठनहरु संग छलफल, सम्वाद निरन्तर भई रहेको छ । महाधिवेशनमा सहभागी हुन पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत पार्टीका पदाधिकारी र कार्यकारिणी, राजनीतिक समितिका सदस्यहरु समेत जनकपुरधाम पुगि सकेका छन् । अध्यक्ष यादव आफ्नै रोहवरमा सवै कामको जायजा समेत लिइ रहेका छन् ।

Comment


Related News

Latest News

Trending News