अपडेट 
२०८१ जेष्ठ २५, शुक्रबार १८:२४

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको  बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो ।

२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दियो । त्यस विरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालत गएका थिए ।

यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पहिलो सुनुवाइमा उक्त आदेश जारी भए पनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

Comment


Related News

Latest News

Trending News