अपडेट 
२०८१ जेष्ठ २७, आईतवार ०७:१६

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।

यही जेठ २८ गतेदेखि तीन दिनसम्म जनकपुरधाममा गर्न लागेको महाधिवेशनमा अहिलेसम्ममा केन्द्रका नेताहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव महाधिवेशनमा आउने निश्चित भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइएको बताए ।

फागुन २३ मा जसपा नेपाल विभाजन गरेका अशोक राई समूहलाई भने महाधिवेशनमा नबोलाइएको प्रवक्ता सुमनले बताए । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन यही जेठ ३० गते हुने छ । जसपा नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य आइतबारदेखि सुरु भएको छ । महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरीसक्नु पर्ने जनाइएको छ । जसपा, नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शूल्क एक हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटोसमेत माग गरिएको छ ।

सो कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जेठ २९ गते नै १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।

जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ भने जसपा नेपाल केन्द्रीय समितिको निर्वाचन समापन पछि सबै पदको लागि मतगणना एकै पटक हुने उनले बताए ।

Comment


Related News

Latest News

Trending News