अपडेट 
२०८१ जेष्ठ २८, सोमबार ०७:३२

मधेश प्रदेशसभाको बैठकमा नेकपा एमालेका सचेतक लखन दास तत्माले झोसपा भनेपछि विपक्षी दल लोसपा र नेपाली कांग्रेसले आपत्ति जनाएका छन् ।

प्रदेश सांसद तत्माले विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई ‘झोसपा’ भन्दा लोसपा र कांग्रेसका सांसदहरुले आपत्ति जनाए । महोत्तरी अस्पतालमा ८ औं तहको अधिकृतलाई हटाएर सोही अस्पतालमा दरबन्दीमा रहेको १० औं तहको कर्मचारीलाई खटाइएको प्रसंग झिक्दै एमाले सचेतक तत्माले ‘त्यो कर्मचारी लोसपा–झोसपा वा एमालेका नभएर’ सरुवा गरिएको बताए थिए ।

लोसपालाई झोसपा भनेपछि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतो र प्रमुख सचेतक रानी शर्मा तिवारी आपत्ति जनाएका थिए । लोसपा सांसदले आपत्ति जनाइरहँदा कांग्रेसका सांसदहरुले प्रदेश सांसद तत्माको शब्दप्रति आपत्ति जनाए । उपसभामुख बबिताकुमारी राउत इसरले लोसपालाई झोसपा भनिएको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।

संसद्को रेकर्डबाट उक्त शब्द हटाएपछि विवाद मत्थर भएको थियो ।

Comment


Related News

Latest News

Trending News