अपडेट 
२०८१ जेष्ठ २८, सोमबार १६:२१

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ ।

नयाँ दिल्लीमा रहेको राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग भेट गर्नुभएको हो । भेटमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

त्यसैगरी उहाँहरूबीच दुई देशका नागरिकबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री एम जसशङ्करबीच पनि भेट भएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत जानुभएको हो । शपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News