अपडेट 
२०८१ जेष्ठ २९, मंगलवार ०७:२९

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा नेताहरुले विचार मिल्ने दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्ष्तामा भएको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र मन मिल्ने दलहरु एकैसाथ अगाडि बढनुपर्नेमा जोड दिए । ‘हाम्रो विचार र मन मिलेको छ ’ उनले भने, हामीसँगै अगाडि बढौ । संघीय सरकार र प्रदेश सरकारमा साथ रहेको सम्झिदै अध्यक्ष नेपालले भने, हामी समाजवादी मोर्चामा सँगै रहेको उल्लेख गर्दै उनले आगामी दिनमा साथ मिलेर बढ्न जसपा नेपाललाई आग्रह गरे । महाधिवेशन उद्घाटन समारोह हुन हप्ता दिन बाँकी नरहँदा नेकपा एस मधेश प्रदेश सरकारबाट बाहिरिएर प्रदेश सभामा मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत नदिँदा सरकार ढलेको थियो । नेकपा एसले २२ गते साँझ मात्र सरकार छाडेका थिए ।

२३ गते विश्वासको मत लिने प्रदेश सभाको कार्यसूची थियो । ‘उपेन्द्रजी पार्टीभित्र र बाहिरका सबै चुनौतीको सामना गर्न भिड्नु भएको छ ’ अध्यक्ष नेपालले ढाढस् दिँदै भने, ‘जसपाका लागि अहिले परीक्षाको समय हो, यसमा उहाँले खुट्टा कमाउनु भएको छैन । राजनीतिमा स्वार्थी, व्यक्तिवादी, डाहा–रिस गर्ने प्रवृति बढेको उल्लेख गर्दै उनले भने, ‘ मैले के पाएँ भन्दापनि मैले के दिएँ, त्यो चिन्तनबाट काम गर्नुपर्छ ।’ सबै राष्ट्रिय दलहरुलाई उद्घाटन सत्रमा शुभकामनाका लागि निम्तो गरिए पनि अन्य दलका अध्यक्षहरु आएका थिएनन् ।

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कतैबाट कालो धब्बा लगाउने कोशिस भए सह्य नहुने बताए । उनले दलहरु बीच नमिठो प्रतिस्पर्धा भइरहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन दलहरु बीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने सुझाव दिए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबलीकरण गर्नैपर्छ । दलहरु बीच सह–अस्तित्व हुनुपर्छ,’ गुरुङले भने,‘तर, पदका लागि एउटा पार्टीले अर्को पार्टी फुटाइदिन्छ । स्थापित पार्टीलाई फुटाएर आफ्नो घर अग्लो बनाउने प्रवृत्ति देखिएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष स्वर्णिम वाग्लेले संविधानमा देखिएको कमी कमजोरीहरुलाई संविधानकै धारा टेकेर हटाउनु पर्नेमा जोड दिए । ‘हामी राजनीति नारामा मात्र रुमलियौं उनले भने, जनतालाई डिलेभरी दिएनौं भने समस्या हुन्छ । ‘व्यक्ति र दललाई खुइल्याएर होइन, सिस्टमको खोटलाई पहिचान गर्दै सच्याउनु पर्नेमा उनले जोड दिए ।

लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने संकेतहरु देखा परिरहेको उल्लेख गर्दै भने, ‘संघीयतालाई बलियो र अधिकारसम्पन्न बनाउन मधेशी जनता फेरि आन्दोलनमा होमिनु पर्ने भएको छ ।’ ‘समयसँगै संघीयता पक्षधरहरु कमजोर बनेको छ । यही मेसोमा काठमाण्डुमा परिवर्तनका सबै एजेन्डालाई ध्वस्त पार्ने आवाज सुनिदैछ,’सोनलले भने,‘यो परिवर्तनकारी शक्तिका लागि संकटको घन्टी हो । विडम्बना कस्तो छ भने संघीयताका वकालत गर्नेहरु नै सत्तामा छन्, तर, प्रदेशलाई कमजोर र कामविहीन बनाइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै किसिमको विभेद र असमानताको अन्त्य नभए सम्म कुनै पनि सुधार र विकास हुन नसक्ने बताएका छन् । ‘१० प्रतिशत मुठ्ठीभर परिवारका कारण देश दरिद्रको दरिद्र नै छ ’ अध्यक्ष यादवले भने, भारत जस्तै नेपालमा पनि वर्ग मात्र होइन वर्ण अनुसार पनि शोषण र उत्पीडन रहेको छ । अध्यक्ष यादवले पार्टी विभाजन लगायतका विषयलाई आफ्नो भाषणमा सम्बोधन गरेनन् । जसपाबाट ७ जना सांसद अलग्गिएको विषयलाई अध्यक्ष यादवले नछोए पनि उनले संघीय देखि प्रदेश सम्म विपक्षमा रहेकाले त्यो भूमिका निर्वाह गर्ने बताए ।

आफूहरुको भूमिका अब विपक्षीको भएकाले सडकदेखि सदन सम्म जनताको हक अधिकारका लागि यसरी नै अग्रसर रहने उनले प्रतिबद्धता व्यक्त गरे । राज्य र नेतृत्व सुध्रिए नेपालबाट कोही पनि बाहिर जानु नपर्ने उल्लेख गर्दै उनले भने, किसान र मजदुरहरुसंग भइरहेको ज्यादती र अन्याय अन्त्य भए देश र जनता पुनः आत्मनिर्भर बन्ने छन् । ‘दुई तिहाई भन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ

Comment


Related News

Latest News

Trending News