अपडेट 
२०८१ जेष्ठ २९, मंगलवार २०:१४

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा पेश गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई उच्च प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ ।

मधेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने, मधेश प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैङ्क स्थापन पर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

पत्रकारिता क्षेत्रको विकासका लागि ठोस कार्यक्रम ल्याएर पत्रकारहरूको क्षमता अभिबृद्धिको कार्यक्रम सञ्चालन गरिने र वैदेशिक लगानी भित्राउन मधेश लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्दै मितव्ययी शासन व्यवस्था सञ्चालनका साथै विकास खर्च बढाउने नीतिलाई उच्च प्राथमिकतामा राखिएको छ । विवाहमा हुने गरेको अनावश्यक खर्च नियन्त्रणका लागि सामूहिक विवाह कार्यक्रम सञ्चालन गरिने भएको छ ।

Comment


Related News

Latest News

Trending News