अपडेट 
२०८१ जेष्ठ ३१, बिहीबार ०८:३७

कुवेतको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ ।

मङ्गाफ शहरको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको र अन्य १५ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना भारतीय नागरिक पनि रहेका छन् ।

यो भवनमा धेरैजसो आप्रवासी कामदार बस्ने भएकाले मृतक पनि सबैजसो आप्रवासी नै हुन सक्ने खबरमा उल्लेख छ ।

कुवेतका आन्तरिक मन्त्री फहद युसुफ अल सबाहले घटनास्थलको अवलोकन गर्दै मानवीय लापर्बाही नै आगलागीको कारण भएको बताएका छन्।

घर मालिकको लोभले गर्दा क्षमताभन्दा धेरै कामदार राखेको र घटनामा धेरैको ज्यान गएको मन्त्री सबाहको भनाइ छ ।

कुवेतको जनसङ्ख्यामध्ये दुई तिहाइ आप्रवासी कामदार रहेका छन् । निर्माण र घरेलु क्षेत्रमा कुवेत बाह्य कामदारमा निर्भर छ ।

मानव अधिकार समूहले कुवेतमा आप्रवासीको जीवनस्तरको बारेमा बारम्बार प्रश्न उठाउँदै आएका छन् । एजेन्सी

Comment


Related News

Latest News

Trending News