अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार ०७:५३

नेपाल भारत बीचको सीमानाकामा देखिएको बेथितिलाई समाधानका लागि राजनीतिकरुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुले जोड दिएका छन् ।

सिरहामा बिहीबार नेपाल भारत खुला सीमा सम्वाद समूह सिरहाको आयोजनामा भएको नेपाल भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजीव झाले नेपाल भारतको खुला सिमानाकै कारण दुई देशको सम्बन्ध अझै प्रगाढ भएको बताउँदै विश्वमै दुई देशको खुला सीमाले सदियाँैदेखि चलिआएको रोटीबेटीको सम्बन्धलाई मजबुत बनाएको बताए ।

नेपाल भारत खुला सीमा सम्वाद समूह सिरहाका अध्यक्ष परितोस यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी डा. रामप्रताप यादव, प्रा. चन्देश्वर प्रसाद यादव, भारतीय कम्युनिष्ट पार्टी मालेका नेता भुसन कुमार, भारत बिहारको जयनगर चेम्वर अफ कर्मसका प्रतिनिधि अनिल कुमार बरौलिया, भारतका वरिष्ठ पत्रकार ललित कुमार झा, समूहका प्रदेश सहअध्यक्ष दीपक यादवलगायतले खुला सीमाले दुई देशमा बढाएको सुमधुर सम्बन्धको विषयमा प्रकाश पारेका थिए ।

Comment


Related News

Latest News

Trending News