अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार १९:४५

बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ ।

शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।  गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले बताए ।

यसअघि गतवर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्‍डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

Comment


Related News

Latest News

Trending News