अपडेट 
२०८१ असार १, शनिबार ०६:५३

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी छाडेकालाई फर्कन आह्वान गरेका छन् ।

जनकपुरधाममा शुक्रबार संचारकर्मीहरुसंग कुराकानी गर्दै नेता कोइरालाले पार्टीका निष्क्रिय रहेका कार्यकर्तालाई सक्रियतापूर्वक पुनः कांग्रेस पार्टीमा फर्कनका लागि आह्वान गरेका छन् । नेता कोइरालाले भने, ‘रुष्ट भएर बाहिर बस्नु भएको छ वा निष्क्रिय हुनु भएको छ वा अन्य पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई म विनम्र आग्रह गर्न चाहन्छु की नेपाली कांग्रेसमा फर्किनुहोस्, नेपाली कांग्रेसलाई बलियो बनाउनुहोस् ।

लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको हात मजबुत बनाएर अगाडि बढ्नुपर्छ ।’ उनले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । मुलुक संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा उनको जोड थियो । उनले वर्तमान राजनीतिक अस्थिरताले देशको समृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको बताए । नेता कोइराला शुक्रबार र शनिबार धनुषामा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनकपुरधाम आएका छन् ।

Comment


Related News

Latest News

Trending News