अपडेट 
२०८१ असार ५, बुधबार ०८:१०

आगलागीबाट वीरगञ्जको आदर्शनगरमा दुईवटा मोटरसाइकल जलेको छ ।

अत्यधिक गर्मीको कारण मोटरसाइकलमा आगो लागेपछि जलेर नष्ट भएको छ । नेपाल ईन्भेष्टमेण्टमेगा बैंक अगाडि स्टेन्ड गरी राखिएको दुईवटा मोटरसाइकलमा एक्कासी आगो लागेको थियो ।

विपरित दिशातर्फबाट आउँदै गरेको मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिन खोज्दा सो आगो फैलिएर अर्को मोटरसाइकलमा पनि आगो लागेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनले जनाए अनुसार प्रदेश ०२–०३–१ ८ प ८२१९ नम्बरको कालो रातो पल्सर र प्रदेश ०२– ०३–००१ प ८९०४ नम्बरको रातो कालो पल्सर आगोले जलेर पूर्णरुपमा नष्ट भएको छ । ८२१९ नम्बरको मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का सत्य कुमार यादवको र अर्को ८९०४ नम्बरको मोटरसाइकल वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंजका मिथिलेश कुमार यादवको रहेको प्रहरी निरीक्षक बोगटीले बताए ।

चर्को गर्मीले धेरै तातिएर शर्ट भइ आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ

Comment


Related News

Latest News

Trending News