२०८१ असार ५, बुधबार १०:३६

संघीय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको हो।  बिहान ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका २२ वर्षीय अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेका हुन्।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको  हो।

अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए।

Comment

Related News

Latest News

Trending News