अपडेट 
२०८१ असार ५, बुधबार १६:४३

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।

आयोगले विपद् पूर्वसूचना प्रणाली मातृभाषी समुदायका लागि पहुँचयुक्त बनाउन, स्थापित पूर्वसूचना प्रणाली तथा वर्षा मापन केन्द्रलाई अद्यावधिक गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयनमा संवदेशील हुन सङ्घ, प्रदेश र पालिकालाई आग्रह गरेको हो ।

नेपालमा पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्को घटनाबाट तीन हजार ५२ जनाको मृत्यु, सात सय ९१ जना बेपत्ता रहेका भन्दै आयोगले क्षति घटाउनतर्फ सरकार सचेत हुनुपर्ने बताएको छ ।

Comment


Related News

Latest News

Trending News