अपडेट 
२०८१ असार ६, बिहीबार ०६:४२

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउनका लागि योग तथा प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

प्रदेश प्रमुख भण्डारीले १०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर जनकपुरधाममा भएको योग शिविरमा बोल्दै उनले स्वस्थ्यका लागि योग महत्वपूर्ण रहेको बताइन् । वीरगञ्ज स्थित भारतीय वाणिज्य दूतावासले आयोजना गरेको सो कार्यक्रममा उनले नेपालको हिमालय क्षेत्रमा वैदिक कालदेखि नै ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्दै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताइन् ।

प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले निक्कै पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको बताउँदै नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको बताइन् । उनले सबै प्रकारको रोगबाट लड्न तथा निरोगी बन्नका लागि नियमित रुपमा योगाभ्यास गर्नका लागि सुझाव दिँदै अहिले विश्व जगत नै योगप्रति आकर्षित हुन थालेकोमा खुशी व्यक्त गरिन् । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यान तर्फ आकर्षित गर्न जरुरी रहेको बताउँदै योगको अभ्यास नियमित रुपमा घर घरमा हुनु पर्ने धारणा राखे ।

उनले युवासहित सबै वर्गका व्यक्तिहरू स्वस्थ्य भएको खण्डमा मात्र राष्ट्र स्वस्थ्य भएर समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनामा योग तथा प्राकृतिक चिकित्साको निक्कै ठूलो महत्व भएको बताए । भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत बेबी सहाय मिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जूनलाई अन्तर्र ाष्ट्रिय योग दिवसको रुपमा मनाउका लागि प्रस्ताव गरेपछि नेपालसहित १ सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभर नै योग दिवस मनाउन थालिएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ्य राख्नका लागि नियमित रुपमा योग गर्न आवश्यक भएको बताए ।

Comment


Related News

Latest News

Trending News