अपडेट 
२०८१ असार ९, आईतवार ०७:४१

रौतहटमा एकैदिन दुई पालिकाको नगरसभा सम्पन्न भएको छ ।

इशनाथ नगरपालिकाको ९ औँ नगरसभा सम्पन्न गरेको छ भने यमुनामाई गाउँपालिकाको ८ औँ गाउँसभा सम्पन्न गरेको छ । स्थानीय तहले असार मसान्तभित्रमा नगरपरिषद् सम्पन्न गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याइसक्नु पर्ने कानुनी प्रावधान रहेकोले यमुनामाई गाउँपालिका र इशनाथ नगरपालिकाले शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । यमुनामाई गाउँपालिकाको अध्यक्ष मोहम्मद इशादको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक वर्ष ०८१/०८२ का लागि ३३ करोड ८२ लाख ०६ हजार ९ सय ९९ रुपैयाँ अनुमानित बराबरको बजेट प्रस्तुत गरिएको छ ।

त्यस्तै पूर्व सचिव डा. रामस्वरुप सिन्हाको प्रमुख आतिथ्यता तथा इशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवीको अध्यक्षतामा भएको नगरसभामा आर्थिक वर्ष ०८१/०८२ का लागि ५१ करोड ५४ लाख ९३ हजार ४ सय ९९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । इशनाथ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा संघ राजश्व बाडफाँड तर्फ १० करोड २१ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ, संघ समानीकरण अनुदान १२ करोड ३४ लाख पुजीगत, संघिय सशर्त अनुदान १६ करोड १३ लाख ९१ हजार ५ सय रुपैयाँ चालु तर्फ, संघीय सरकारवाट प्राप्त सशर्त अनुदान पुजिंगत ५५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड, १५ लाख रुपैयाँ, संघीय समपुरक अनुदान ७५ लाख रुपैयाँ, प्रदेश राजश्व बाँडफाडबाट प्राप्त अनुदान ६० लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदान ८८ लाख ६७ हजार रुपैयाँ, प्रदेश सशर्त अनुदान ९५ लाख रुपैयाँ, प्रदेश विशेष अनुदान ३० लाख रुपैयाँ, प्रदेश समपूरक अनुदान २० लाख रुपैयाँ, सडक बोर्ड नेपाल ३५ लाख रुपैयाँ, युनिसेफ दुइ पक्षीय वैदेशिक चालू अनुदान २२ लाख रुपैयाँ, युनिसेफ दुइ पक्षीय वैदेशिक पुजीगत अनुदान ३३ लाख रुपैयाँ, आन्तरिक आय,घर जग्गा रजिष्टेशन शुल्क तथा बैंक मौज्दात समेत ६ करोड ५६ लाख ३५ हजार रुपैयाँसमेत गरी जम्मा ५१ करोड ५४ लाख ९३ हजार ४ सय ९९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगर उपप्रमुख प्रवेजले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेका थिए । संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, सशर्त अनुदान, राजस्व बाँटफाँट, समपूरक अनुदान, आन्तरिक आयलगायत गरी बजेट प्रस्तुत गरिएको नगर प्रमुख देवीले बताए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्यलगायतलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताए ।

भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्यजस्ता विषयमा नगरले उल्लेखनीय काम गरेको उनले बताए । सबैको साथ, सहयोग रहेमा आफ्नो कार्यकालभित्र इशनाथ नगरलाई एक विकसित र समृद्ध नगर बनाउने उनले प्रतिवद्धता जनाए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्यलगायत नगर धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको ईशनाथलाई जोडेर यहाँ पर्यटक भित्रयाउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र झाले जोड दिए । सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र झाले स्वागत मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News