अपडेट 
२०८१ असार ९, आईतवार १६:४१

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । मुख्यसचिवसहित तत्कालीन राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् ।

उनीहरुविरुद्ध ३८ करोड ६७ लाख १७ हजार विगो मागदाबी गरिएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन् ।

Comment


Related News

Latest News

Trending News