अपडेट 
२०८१ असार १०, सोमबार ०७:३८

मधेश प्रदेशसभामा विभिन्न विषयमा गहन् छलफल चलिरहँदा प्रदेशसभा सदस्यहरु भने मोवाइलमा व्यस्त रहने गरेका छन् ।

प्रदेशसभामा टेबल भएको विधेयकमाथि छलफल चलिरहँदा सांसदहरू मोबाइलमा व्यस्त रहेपछि सभामुख रामचन्द्र मण्डलले रुलिंग नै गरेका छन् । प्रदेशसभामा आइतबार स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहँदा ।

प्रदेशसभामा निषेध रहे पनि केही प्रदेशसभा सदस्य मोबाइलमै व्यस्त थिए । कानुन बनाउने स्थलको रुपमा रहेको प्रदेशसभामा गम्भीर विषयमा छलफल चल्दा पनि केही प्रदेशसभा सदस्यले मतलब नै नराख्ने गरेको टिप्पणी हुँदै आएको छ । कानुन बनाउने प्रदेशसभा सदस्यहरु नै सदनको मर्यादा उल्लंघन गर्दा सभामुख रामचन्द्र मण्डलले रुलिंग नै गरे ।

सभामुख मण्डलले भने, ‘ मोबाइल कि त स्वीच अफ गर्नुप¥यो कि त साइलेन्ट गर्नुप¥यो । मोवाइल चलाएर गेम खेल्ने काम कृपया नगर्नुस् ।’ उनले रुलिंग नगर्नुपर्ने विषय भए पनि गर्नुपरेकोले गम्भीरतापूर्वक लिन प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे । उनले यस अघि पनि पटक पटक मोवाइल बारेमा रुलिंग गर्दै आएको छ । यस अघि सभामुख मण्डलले हाउस चलिरहँदा मोवाइल नचल्ने प्राविधिक जडान गर्ने बताएका थिए ।

Comment


Related News

Latest News

Trending News