अपडेट 
२०८१ असार ११, मंगलवार ०७:३९

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले ४५ करोड बढीको बजेट ल्याएको छ ।

सोमबार आयोजित गाउँपालिकाको १२ औं गाउँसभा समारोहबाट ४५ करोड ११ लाख ७९ हजार ९१० रुपैयाको बजेट विनियोजन भएको हो । अगामी आर्थिक वर्ष २०८१।०८२ को लागि सो बजेट गाउँपालिकाका नगरप्रमुख भोगेन्द्र मिश्रले प्रस्तुत गरे । सुन्दर, समुन्नत र समृद्ध लक्ष्मीनिया गाउँपालिका नाराका साथ ल्याइएको बजेटमा गाउँ कार्यपालिकाको चालु तर्फ ८ करोड ३० लाख ९९ हजार ९१०, आर्थिक विकास तर्फ ३ करोड ५४ लाख ३९ हजार ८००, सामाजिक विकास तर्फ ३ करोड ५४ लाख ३९ हजार ८०० सय खर्च विनियोजन गरिएको छ ।

बजेटमा पूर्वाधार विकास तर्फ ७ करोड ८ लाख ७९ हजार ६ सय, वन तथा वातावरण व्यवस्थापनका लागि ८८ लाख ५९ हजार ९५०, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ २ करोड ६५ लाख ७९ हजार ८५०, सम्पूरक कोष तर्फ १ करोड ६ लाख, सशर्त अनुदान चालु तर्फ १५ लाख ८२ लाख ८१ हजार, सशर्त अनुदान पुँजिगत तर्फ ७६ लाख र संघीय विशेष अनुदान तर्फ १ करोड ४५ लाख बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०८१।०८२ का लागि छुट्याइएको कुल बजेटको आर्थिक विकास तर्फ २०, सामाजिक विकास तर्फ २०, पूर्वाधार विकास तर्फ ४०, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १५ प्रतिशत बजेट विनियोजन गरेको हो ।

यस्तै पालिकाले ल्याएको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरणबाट १० करोड ४७ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ९९ लाख ४५६, रोयल्टी बाँडफाँडबाट ४५४ रुपैया, सशर्त अनुदातबाट १६ करोड ५८ लाख ८१ हजार, सम्पूरक अनुदानबाट १ करोड ५ लाख, विशेष अनुदानबाट १ करोड ४५ लाख प्राप्त हुने अनुमान बजेटमा गरेको छ ।

त्यसैगरी प्रदेशबाट राजश्व बाँडफाँडबाट ३० लाख, वित्तीय समानिकरणबाट ७३ लाख ९९ हजार, सशर्त अनुदानबाट ८० लाख, सम्पूरक अनुदानबाट २० लाख र विशेष अनुदानबाट ३० लाख प्राप्त हुने अनुमान अध्यक्षले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । गाउँपालिकाले अध्यक्ष मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको उपलब्ध साधन तथा स्रोतको महत्व उपयोग र समन्यायीक वितरण भई नागरिकको जीवनस्तरमा सुधार हुने र उच्च आर्थिक वृद्धि हुने अपेक्षा गरेका छन् ।

वर्तमान बस्तुगत यथार्थ धरातलमा उभिएर चुनौतीहरुको सामना गर्न हामी कटिबद्ध, प्रतिबद्ध र एकताबद्ध बनौं, अध्यक्ष मिश्रले प्रस्तुत गरेकोमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News