अपडेट 
२०८१ असार ११, मंगलवार ०७:४२

महोत्तरीको लोहरपट्टी नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१।०८२ को लागि ६५ करोड ६१ लाख ९३ हजार बजेट ल्याएको छ ।

सोमबार नगरपालिकाको नवौं नगरसभाबाट बजेट उपमेयर सरिता शर्माले बजेट प्रस्तुत गरेकी छिन् । नगरपालिकाले चालु तर्फ ३८ करोड ८९ लाख ९३ हजार र पुँजिगत तर्फ २७ करोड ७२ हजार बजेट खर्च हुने अनुमान गरिएको छ । जुन कुल चालु बजेट कुल बजेटको ५७.७६ र पुँजिगत ४२.२४ प्रतिशत रहेको छ ।

बजेटमा संघीय सरकारबाट सशर्त अनुदान २५ करोड २३ लाख ३ हजार, वित्तीय समानिकरण अनुदान तर्फ ११ करोड ५५ लाख, विशेष अनुदान तर्फ ५० लाख, सम्पूरक २ करोड ४५ लाख र राजश्व बाँडफाँडबाट १० करोड ५७ लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश राजश्व बाँडफाँडबाट ५३ लाख, विशेष अनुदानबाट ३ लाख, वित्तीय समानिकरण अनुदानबाट ८३ लाख ३ हजार, सम्पूरक अनुदानतर्फ २० लाख, सशर्त अनुदान तर्फ ९५ लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाको आन्तरीक श्रोतबाट ३ करोड ५० लाख ८७ हजार, चालु आर्थिक वर्षको बाँकी रहेको अल्या रकमबाट ९ करोड रहेको उपमेयरले प्रस्तुत अनुमानित गरेको बजेटमा उल्लेख छ । नगरपालिकाकाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ ।

Comment


Related News

Latest News

Trending News