अपडेट 
२०८१ असार ११, मंगलवार १२:५२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले यो कुरा राखेको बताए।

उनले भने, ‘सीमाको नक्सा संशोधनपछि नेपाल भारत सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली नदीपूर्वको भूभाग नेपालका हो भन्ने कुरामा स्पष्ट छौं। भारत भ्रमणको क्रममा १९५० को सन्धि, शान्ति तथा मन्त्री सन्धि गायत दुईपक्षीय सन्धिहरुलाई परिमार्जन र अध्यावधिक गर्न र सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिकहरुमार्फत् समाधान गर्ने समझदारी भइरहेको छ।’

नेपालको अन्तराष्ट्रिय सीमाबारे सदन, सदस्य, सरकारसहित सबै स्पष्ट र दृढ रहेको उल्लेख गर्दै अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको स्मरण गरे।

उनले चीनसँगको कहिलेकाहिँ सीमाको विषयमा कुरा उठ्ने गरेकाले त्यस विषयमा पनि अध्ययन गरेर समस्या समाधान गर्नको दुईपक्षीय छलफल भएको बताए।

Comment


Related News

Latest News

Trending News