अपडेट 
२०८१ असार १२, बुधबार ०७:०७

वन अतिक्रमण गरी बनाइएको चार कोठे भवन डिभिजन वन कार्यालय लहानले भत्काएको छ ।

गोलबजारमा मंगलबार चोहर्वा ब्यारेक नजिक रहेको स्थानीय सत्यदेव यादवले वन अतिक्रमण गरी बनाएको चार कोठे भवन भत्काइएको छ । निर्माणाधीन अवस्थामै वन कार्यालयले निर्माण कार्य रोक्न भन्दासमेत वनको अतिक्रमण नियन्त्रण गर्ने योजना अनुसार घर भत्काइएको डिभिजनल वन कार्यालय लहानका अधिकृत सुजीत कुमार झाले जनाए ।

अधिकृत झाले वनको जमिनमा घर निर्माणकै क्रममा हामीले पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा–गराउँदै २०७९ को निर्वाचनको समय पारेर घर निर्माण गरेको बताए । कार्यालयबाट १५ दिने सूचना काटेर आज नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा जग्गा खाली गराएको जानकारी दिए। सोही वडाका वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले पनि निर्माणको क्रममा आफूले लिखित र मौखिक रुपमा घर नबनाउन भनेपनि उनले अटेर गरेर घर बनाएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News