अपडेट 
२०८१ असार १३, बिहीबार ०८:०२

जनता समाजवादी पार्टी(जसपा)नेपालबाट छुट्टिएर अशोक राईको अध्यक्षतामा गठन भएको जनता समाजवादी पार्टी( जसपा) केन्द्रीय समितिको बैठक बुधबारबाट सुरु भएको छ ।

जसपाका अध्यक्ष अशोक राईको अध्यक्षतामा प्रारम्भ भएको केन्द्रीय समितिको बैठकमा १ सय ५० जना केन्द्रीय सदस्यहरुको सहभागिता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका सहमहासचिव प्रदीप यादवले जनाएका छन् । सो बैठकमा अध्यक्ष राईले संगठन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै जसपा गठन गर्नुको औचित्य पुष्टि गरिएको छ ।

जसपा नेपालको एकताको प्रथम महाधिवेशनमा सहभागी रहेका कतिपय नेताहरु जसपा केन्द्रीय समितिको बैठकमा सहभागी भएको बताइएको छ । बिहीबार सम्म चल्ने केन्द्रीय समितिको बैठकमा सहभागी सदस्यहरुले जसपा नेपालको महाधिवेशनलाई ‘नक्कली’ भन्दै सर्वाधिकार सम्पन्न बन्न अध्यक्ष यादवले नाटक गरेको आरोप लगाए ।

जसपा निकट उच्चस्रोतका अनुसार जसपा नेपालको महाधिवेशन अवैधानिक भएको उजुरी निर्वाचन आयोगमा दिने तयारी भइसकेको छ । जसपा नेपालको विधानमा सबै पदाधिकारी सहित २ सय १ सदस्यीय केन्द्रीय समिति निर्वाचन प्रक्रियाबाट चुनिनुपर्ने प्रावधान विपरीत अध्यक्ष यादवले मतदान नगराई आफैले मनोनित गर्ने अवैध अधिकार लिएको आरोप सहित निर्वाचन आयोगमा निवेदन दर्ता गराइने स्रोतले जनाएका छन् ।

जसपा नेपालको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध घोषणा गर्ने स्रोतको दाबी छ । जसपा नेपालले महाधिवेशन सम्पन्न गरेको ३० दिन भित्र निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने छ । १३ दिन बितिसक्दा जसपा नेपालले निर्वाचन आयोगलाई महाधिवेशन सम्पन्न भएको जानकारी गराएको छैन । अध्यक्ष यादवले पार्टीका केन्द्रीय नेताहरुसित केन्द्रीय समितिको विषयमा नेताहरुसित छलफल गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News