अपडेट 
२०८१ असार १४, शुक्रबार १७:२२

राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर मधेशका आठ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु भएको छ ।

डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मधेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले अभियानकाे शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले राष्ट्रिय वृक्षरोपण दिवस २०८१ अवसर पारेर जनकपुर–जटही ६ लेन सडक खण्डमा वृक्षरोपण गर्नुभएको हो ।

मधेश सरकारले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो । यो अभियानअन्तर्गत मधेशको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिनुभयो । रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षरोपण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । मधेशमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी अभियान आठ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News