अपडेट 
२०८१ असार १५, शनिबार ०७:३७

प्रत्येक मुद्दा रिचर्स हुने भएकाले कानुन व्यवसायीले सही मार्ग निर्देशन गर्नु पर्ने खाँचौं औल्याइएको छ । नेपाल कानुन परिषद ललितपुर र मधेश प्रदेशको आयोजनामा सोमवारदेखि जनकपुरधाममा शुरु भएको प्रशिक्षण कार्यक्रममा सो खाँचौं औल्याइएको छ ।

कानुन व्यवसायी सामाजिक अभियन्ता भएका कारण पनि व्यवसायीको सफलताका लागि सीप महत्वपूर्ण कडी भएको सो अवसरमा सहभागीले प्रसंग उल्लेख गरे । कानुन व्यवसायीले दक्षता अभिवृद्धितर्फ ध्यान नदिएका कारण पनि कतिपय मुद्दामा माग अनुसारको सफलता प्राप्त हुन नसकेको स्मरण सहभागीहरुले गरे ।

कानुन व्यवसायीको पेशागत भविष्य सही सल्लाह दिनुमा निर्भर रहेकाले ज्ञान अभिवृद्धिका पक्षलाई महत्व दिनु नितान्त आवश्यक रहेको चर्चा गर्दे सहभागीहरुले लेखन , बहस कलाले नै पेशामा स्थापित हुन सक्ने भएकाले मेहनत र संघर्षका संगै ज्ञान अभिवृद्धिलाई मूलमन्त्रका रुपमा लिनु पर्नेमा जोड दिए । उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले प्रत्येक मुद्दा थेसिस भएकाले कानुन व्यवसायीले ज्ञान, सीप र अध्ययनशीलतालाई पुँजीका रुपमा लिनु पर्ने धारणा राखे ।

ज्ञान अभिवृद्धिले पेशा तिखारिदै जाने तथ्यलाई बिर्सन नहुँदै उनले आउने दिनमा लोयर्स एकेडेमीको स्थापनालाई मूर्तरुप दिनु जरुरी रहेको बताए । वरिष्ठ अधिवक्ता युगलकिशोर लाभले ज्ञानको क्षेत्र वृहत् हुने भएकाले प्रशिक्षण कानुन व्यवसायीका लागि वरदान साबित हुने विश्वास व्यक्त गरे ।

नेपाल कानुन परिषद्का सचिव बामदेव जोशीले समयसापेक्ष ज्ञान , क्षमता अभिवृद्धि आवश्यक रहेको चर्चा गर्दे आगामी दिनमा संवैधानिक लगायत वाणिज्य ,देवानी , फौजदारीको पाठ्यक्रम तयारी गरी स्वीकृत गराइ व्यवसायीको दक्षता अभिवृद्धिको योजना रहेको जानकारी दिए । वरिष्ठ अधिवक्ता देवेन्द्र ठाकुरले कानुन व्यवसायी अध्ययनशील हुनु जरुरी पेशागत स्थायीत्वका लागि अध्ययनलाई प्राथमिकता दिनु पर्ने बताए ।

नेपाल वार एसोसिएसन जनकपुरधामका अध्यक्ष बलराम सुवेदीले कानुन व्यवसायीमा योगी जस्तो धैर्यता र घोडा जस्तो दौड हुनु पर्ने बताउँदै यसका लागि लगनशील ,मेहनति , इमान्दार र आचारसंहिताको पालन आवश्यक रहेको प्रसंग उल्लेख गरे । परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले आफूले प्रारम्भिक दिनमा मस्यौदालाई गम्भीर पूर्वक अध्ययन नगरी सही गर्दा मद्दाको महत्वपूर्ण पक्षमा ने त्रुटि गर्न पुगेको स्मरण गर्दे कानुन व्यवसायीले मस्यौदामा ऐनको प्रयोग , हक , क्षेत्राधिकार जस्ता पक्षलाई ध्यान दिनु पर्ने बताए ।

प्रशिक्षणमा पर्सादेखि सप्तर ीसम्मका दश वर्षदेखि कानुन व्यवसायमा संलग्न व्यवसायीको सहभागिता रहेको बताउँदै प्रशिक्षणको समापन असार २० गते हुने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News