अपडेट 
२०८१ असार १७, सोमबार ०७:४८

धनुषाको जटहीबाट काठमाण्डु जाँदै गरेको रात्रि बसबाट प्रहरीले लागूपदार्थ बरामद गरेको छ ।

धनुषाको दक्षिणी सीमावर्ती क्षेत्र अवस्थित जटही नाकाबाट भित्र्याइ जटहीहुँदै काठमाण्डुसम्म चल्ने रात्रि बसबाट लागूपदार्थ ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो बसलाई जनकपुरधामस्थित मुजेलियामा चेकजाँच गर्नेक्रममा बागमती प्रदशे ०३–००१ ह २५१४ नम्बरको रात्रि बसमा ४४ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू पदार्थ खोज तलास गर्दा बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ । सो लागू पदार्थ ब्राउन सुगर जनकपुरधाम उपमहानगरपालिका– २० स्थित देवपुरा रुपैठाका २५ वर्षीय अमित कुमार झाको साथबाट बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

यता पक्राउ परेका झालाई हिरातमा राखी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News