अपडेट 
२०८१ असार १९, बुधबार ०७:३०

संघीय सत्ता गठबन्धनमा भएको परिवर्तनको प्रभाव तत्काल मधेश प्रदेशमा पर्ने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सांसद सिंह जेठ २८ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम र बजेट प्रदेश सभामा प्रस्तुत भइसकेपनि मुख्यमन्त्री सिंहले बहुमत लिएका छैनन् । संघीय गठबन्धनमा कांग्रेस, एमाले, जसपा नेपाल, लोसपा र राप्रपा सहभागी हुने निश्चित भइसकेको बेला जनमत पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

एमालेसमेतको समर्थनमा ५४ जनाको समर्थन प्राप्त सरकारको विपक्षमा रहेका कांग्रेस, जसपा नेपाल, लोसपा र राप्रपाको पक्षमा ५० जना सभासद छन् । कांग्रेस संसदीय दलका नेता एवं पूर्व मन्त्री कृष्णा यादवले सरकारलाई विश्वासको मत दिने विषयमा २० गते छलफल हुने बताएका छन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मधेश सरकार बारे छलफल नै नभएको बताए । तर जसपा नेपाल, लोसपा र राप्रपाले जनमतलाई समर्थन नगर्ने धारणा सार्वजनिक गरिसकेका छन् । यस अनुसार मधेश प्रदेश सरकारले विश्वासको मत पाउने सम्भावना न्यून रहेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News