अपडेट 
२०८१ असार २०, बिहीबार ०७:२०

महोत्तरीको मटिहानी नगरपालिका-३ बरदाहाका ३८ परिवारले गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन् ।

बुधबार एक कार्यक्रमकाबीच नापी कार्यालय जलेश्वर र मटिहानी नगरपालिकाले लालपुर्जा वितरण गरेको छ । ३८ जना ब्यक्तिको नाममा जग्गाधानी पुर्जा बितरण गरिएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

नापी कार्यालय जलेश्वरका अनुसार २०६५/०६६ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रिया अघि बढेको थियो । मटिहानी-२ का १ सय ५६ परीवारको जग्गा धनीपुर्जा वितरणको अन्तिम तयारी भइरहेकाले छिट्टै उक्त पुर्जा वितरण गरिने नापी कार्यालय प्रमुख राम विनय सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News