अपडेट 
२०८१ असार २२, शनिबार ०९:२९

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय माफी भएर २०७९ को संविधान दिवसमा छुटेका शशीशंकर कापरलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

एक व्यक्तिलाई गोली प्रहार गरी लुटपाट गर्ने संगठित अपराधको योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पुनः पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–९ का शशी शंकर कापरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । उनी असल चालचलन रहेको भन्दै २०७९ को संविधान दिवसमा सजाय माफी पाएर छुटेका थिए । उनको जन्मकैद सजायमध्ये ११ वर्ष ७ महिना जेल सजाय मिनाहा नै भएको थियो । तर सजाय मिनाहा पाएर छुटेको दुई वर्ष नपुग्दै उनी संगठित अपराधको योजनाकारको आरोपमा पक्राउ परेका छन् ।

 

Comment


Related News

Latest News

Trending News