अपडेट 
२०८१ असार २२, शनिबार ०९:३५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिका र सिरहको नवराजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १३ जना विरुद्ध अलग अलग मुद्दा दायर गरेको छ ।

आयोगले मिथिला बिहारी नगरपालिका– ९ को श्री आधार भूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमको भुक्तानी दिँदा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका खरिदार उपेन्द्र यादव र मजदुर होजीयारी उद्योगका प्रोप्राइटर रामसुन्दर साह तेली विरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरु विरुद्ध ५ लाख ३४ हजार ७ सय १० रुपैयाँ विगो दाबी गर्दै कैद र जरिवानाको सजाय गरी बिगो माग दाबीसहित मुद्दा दायर भएको आयोगका सहसचिव एवम् प्रवक्ता नरहरि घिमिरेले बताए । त्यस्तै सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

आयोगले ग्राभेल निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर, वडा अध्यक्षसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १२ लाख ७ हजार २६० रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिम जरिबाना सजाय माग दाबी गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News