अपडेट 
२०८१ असार २२, शनिबार ०९:४५

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आन्दोलन सञ्चालनका लागि कोष स्थापना गर्न १६ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

यसका लागि राजेन्द महतोले आर्थिक संकलन अभियानलाई तीव्रता दिने भएको छ । आर्थिक संकलनका लागि व्यापारी, साहु महाजन, ठेकेदार, उच्च पदस्थ कर्मचारीहरूको अभिलेख राखेर चन्दा उठाउनेदेखि परियोजनाहरू आफ्नो पक्षमा पार्नेसम्मको योजना राष्ट्रिय मुक्ति क्रान्तिले बनाएको जनाइएको छ ।

आन्दोलनका लागि स्वेच्छिक सहयोग गर्ने व्यक्ति वा संस्थाहरूको पहिचान गरी अभिलेख तयार पार्ने र गोप्य तरिकाले सहयोग सङ्कलन गर्ने कार्ययोजनामा लेखिएको छ । राष्ट्रिय मुक्ति क्रान्तिको आधार क्षेत्रमा रहेका व्यापारी, साहु–महाजन, ठेकेदार, उच्च पदस्थ कर्मचारीहरूको अभिलेख तयार पारी अति गोप्य तरिकाले सहयोग प्राप्त गर्ने कार्ययोजना बनाएको छ । जग्गा जमिनको व्यवसाय गर्ने व्यवसायीहरूको अभिलेख तयार गरी उनीहरूसँग सम्पर्क, समन्वय र सहकार्य गर्ने योजनासमेत उनले बनाएको छ ।

आफ्नो आधार क्षेत्रमा पहिल्यै रहेका परियोजनाहरूमा नियमित सहयोगका निमित्त अनुरोध गर्ने, नयाँ प्रस्तावित परियोजनाहरूको सम्बन्धमा भने संयुक्त लगानी प्रस्ताव गर्ने र आफ्नो पक्षधर व्यवासायीहरूलाई दिलाउने कार्ययोजनामा लेखिएको छ । अन्तर्राष्ट्रिय लगानी नीतिको अध्ययन गर्ने र लगानीकर्ताहरू तथा उनीहरूको स्थानीय एजेन्टसँग गोप्य सम्बन्ध विस्तार गर्ने कार्ययोजनामासमेत रहेको जनाएको छ । सरकारी वा निजी तहबाट हुने एफडीआई सम्बन्धी छलफल, परामर्श तथा मोलमोलाईमा संस्थागत सहभागिता गराउने वातावरण बनाउने उल्लेख गर्दै राष्ट्रिय मुक्ति क्रान्तिले विदेशमा रहेका सम्पर्क कमिटीहरूमार्फत एफडीआई भित्र् याउने योजना बुनेको छ ।

सो कार्ययोजनामा ‘समान–नेपाल’को आर्थिक अभियान अन्तर्गत प्रोजेक्टभित्रका ११ वटा विशेष क्षेत्रहरू अन्तर्गत साना/मध्यम/ठुला परियोजनाहरू विकास गरी अभियानलाई तीव्रता दिने र यो आफैँ स्वायत्त रूपमा सञ्चालित हुने पनि कार्ययोजनामा जनाएको छ । आर्थिक व्यूरो अन्तर्गत सहकारी विभागले माइक्रोक्रेडिटलाई व्यवस्थापन र प्रवद्र्धन गर्ने र हाल सञ्चालनमा रहेको सहकारीहरूलाई विभाग अन्तर्गत ल्याउने र नयाँ सहकारीहरू स्थापना गर्ने भएको छ ।

सहकारीमार्फत ग्रामीण तथा सहरी क्षेत्रहरूमा ‘एचटुएच’ अवधारणा अन्तर्गत साना तथा मझौला व्यवसायहरू स्थापना गर्नुको साथै आर्थिक व्यूरोले यङ इण्डिजीनिष्ट लिग (वाईआइएल) र आत्मारक्षा बलसँग समन्वय गरी आर्थिक योजनाहरू कार्यान्वयन गर्ने भएको छ । आइपीओ, एनजीओ तथा आइएनजीओ, सीबीओ, सीजीसँग समन्वय गर्ने तथा सार्वजनिक, निजी र सहकारीबिच साझेदारी गर्दै राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय तहमा वैकल्पिक आर्थिक सञ्जाल र बजार विस्तार गर्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News