अपडेट 
२०८१ असार २४, सोमबार १६:०६

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार २०७४ साल भन्दापछिका सहकारी विभागका सबै रजिष्ट्रारसँग छलफल गर्ने भएको छ ।

सोमबार बसेको बैठकले मंगलबारको बैठकमा सहकारी क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थासँग छलफल गर्ने क्रममा सहकारी विभागका २०७४ देखि यताका रजिष्ट्रारसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति सूर्यबहादुर थापाले भने, ‘सहकारी ऐन २०७४ जारी भइसकेपछि सहकारी विभागको रजिष्ट्रार रहनुभएका अधिकारीसँग हामी छलफल गर्छौं । खासगरी २०७४ सालपछि विभागका रजिष्ट्रार रहेका व्यक्तित्वलाई आमन्त्रित गरेका छौं । त्यसपछि अर्को दिन सहकारी पीडितका प्रतिनिधिको प्रतिनिधिमुलक छलफल गर्ने हामीले योजना बनाएका छौ ।’

सोमबार समितिले बैंकर एसोसिएसनका अध्यक्ष, सहकारी सुझाव समितिका संयोजक डा.जयकान्त राउतसँग छलफल तथा सुझाव लिएको थियो ।

 

Comment


Related News

Latest News

Trending News