अपडेट 
२०८१ असार २६, बुधबार ०९:५८

महोत्तरीको औरही नगरपालिकामा जनप्रतिनिधिहरुले वडाअध्यक्षको कार्यशैलीलाई लिएर वडा कार्यालयमा ताल्चा लगाएका छन् ।

जिल्लाको औरही नगरपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा चार जना वडा सदस्यले नै तालाबन्दी गरेको छ । वडा कार्यालयको बजेट उपभोक्ता समितिद्वारा माटोको काममा महेश यादव, ग्रेभलको काममा विनेश यादव र ढलानको काममा नवीन राउतले पाएका थिए । सो कामका लागि करिब २८ लाख रुपैयाँ मूल्य बराबरको काम सम्पन्न गरिएको छ ।

सोमबार असार मसान्तको अन्तिम दिन वडा अध्यक्ष दरेश यादवलाई कार्य सप्पन्न गरेको फाईलमा तोकादेशका लागि भन्दा उनले कमिसन माग गरेको भन्दै वडा सदस्यहरुले नै सोको विरोध गर्दै तालाबन्दी गरेका छन् । वडा अध्यक्ष यादवले सो कार्यका लागि बीस प्रतिशत कमिसन माग गरेको वडा सदस्य संजय यादवले आरोप लगाए ।

वडाअध्यक्ष यादवले तोकादेश नगर्दा वडा सदस्य संजय यादव अगुवाईमा वडा सदस्यहरु सोनाबती देवी यादव, राजकुमरी देवी, दुलारी देवी सहित चार जनाले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News