अपडेट 
२०८१ असार २६, बुधबार १०:२९

सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमान आउँदो आर्थिक वर्षदेखि नै समायोजन गर्न आदेश गरेको छ ।

अदालतको आदेशअनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागू हुनेछ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम शुरु तलब रहेका कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले गएको असार १० सरकारका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्ने सम्बन्धी फैसलाको पूर्णपाठ हिजो सार्वजनिक गरेको हो । महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली, गोविन्द खनालसहित ३३ जनाले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले तलबमानमा विभेद नगर्न भनेको हो ।

२०७६ वैशाख १६ गते सरकारले कर्मचारीहरूको मर्यादाक्रम निर्धारण गरेको थियो । तर मर्यादाक्रमअनुसार आफूहरूले पाउनु पर्ने तलब नपाएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले विवादको पूर्णपाठ समेत सार्वजनिक गरेकाले अब सरकारले मर्यादाक्रमलाई आधार मानेर तलबमान निर्धारण गर्नुपर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News