अपडेट 
२०८१ असार २७, बिहीबार ०८:१७

मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि ठूलो मात्रामा बजेट फ्रिज भएको छ ।

चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ कुल बजेट रहेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ देखि असार २४ गते मध्यरातिसम्म चालु तर्फ २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको छ ।

यो खर्च कुल बजेटको ५५.७५ प्रतिशत हो । चालु तर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च चालु तर्फको कुल बजेटको ५०.१४९ प्रतिशत हो । पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ १६ पैसा मात्र खर्च भएको छ ।

यो खर्च ५९.८१३ प्रतिशत रहेको प्रदेह कोष लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७९÷०८० मा ४७ अर्ब २ करोड ५० लाख ५२ हजार ११७ रुपैयाँ कुल बजेट रहेकोमा २७ अर्ब ३३ लाख १२ हजार ८८८ रुपैयाँ ५२ पैसा मात्र खर्च भएको थियो । अर्थात् ४२.५८ प्रतिशत रकम फ्रिज भएको थियो ।

त्यस अघि आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । त्यस आ.व.मा ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेट मध्ये १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार ७४९ रुपैया बजेट मात्र खर्च भएको थियो ।

Comment


Related News

Latest News

Trending News