अपडेट 
२०८१ असार २७, बिहीबार १५:३८

पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै आज बिहान १० बजेतिर बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनलाई ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था सामान्य रहेको बताइएको छ । बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उपरेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २० वर्षकी लक्ष्मी घिसिङको अवस्था सामान्य रहेको छ ।

त्यस्तै  बाराको निजगढ नगरपालिका ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलाश यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेशकुमार यादव र बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बसका सहचालक सर्लाही मलंगवा नगरपालिका १० बस्ने २८ वर्षीय राकेशकुमार शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् । बसमा २५२६ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News