अपडेट 
२०८१ असार २८, शुक्रबार ०९:५६

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोले बगाएको आशंका छ ।

दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । तीन यात्रु भने हामफालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News