अपडेट 
२०८१ असार ३०, आईतवार १७:०७

मधेस प्रदेश सरकारको बजेटमाथि छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय भएको छ ।

मधेश प्रदेशसभाको आज बसेको बैठकको सुरुमा सभामुख रामचन्द्र मण्डलले बजेट सम्बन्धमा उठेको सवालमा छानविन गर्नका लागि उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय भएको जानकारी गराउनु भएको हो  ।

उहाँले समिति गठनको प्रक्रिया र कार्य जिम्मेवारी निर्धारण गर्नका लागि वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादवलाई जिम्मा दिने निर्णय भएको जानकारी दिनुभयो ।

मधेस सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत गरेको बजेट ह्याक भएको भन्दै जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा तथा राप्रपाका प्रदेश सभाका सदस्यहरुले असार १६ गते मुख्यमन्त्री सतिश कुमार सिंहलाई  ज्ञापन पत्र बुझाउनु भएको थियो । त्यसयता बसेको प्रदेश सभाको हरेक बैठकलाई जसपा नेपालका प्रदेश सभाका सदस्यहरुले अवरुद्ध गर्दै आएको थियो ।

बैठकलाई सुचारु गर्न तथा अगामी आर्थिक वर्षको बजेट पारित गर्नका लागि आज सभामुख रामचन्द्र मण्डलको अगुवाइमा भएको सर्वदलीय बैठकले उच्च स्तरीय छानविन समिति बनाउनका लागि वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवलाई जिम्मेवारी दिने निर्णय गरेको थियो  ।

Comment


Related News

Latest News

Trending News