अपडेट 
२०८१ श्रावण १, मंगलवार १२:५५

भारत जम्मू कश्मीरको डोडा जिल्लामा आतङ्कवादी समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । भारतीय सेनाले डोडाको जङ्गलमा खोजी अभियान चलाइरहेको र गएराति झडपको घटना भएको हो ।

अभियानकैक्रममा आतङ्कवादी समूहले चलाएको गोली लागेर सेनाका एक क्याप्टेनसहित चार सैनिक र एक जना प्रहरीको ज्यान गएको सुरक्षा निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

झडपमा घाइते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो । घटनाको कश्मीर टाइगर्स नामक सङ्गठनले जिम्मेवारी लिएको छ । डोडा जिल्लाको जङ्गल क्षेत्रमा अहिले पनि सेनाले हेलिकप्टरबाट खोजी अभियान चलाइरहेको छ ।

Comment


Related News

Latest News

Trending News