अपडेट 
२०८१ श्रावण २, बुधबार ११:५४

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा दुई हजारले बढेर नयाँ रेकर्ड राखेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रतितोला १ लाख४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन एक लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदीकाे मूल्य २० रुपैयाँले बढेकाे  छ । आज  चाँदी  १८ सय ९५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Comment


Related News

Latest News

Trending News