अपडेट 
२०८१ श्रावण ४, शुक्रबार ११:४६

चितवनको सिमलतालस्थित भेलबाढीले दुइटा बस बगाएर ६५ जना बेपत्ता भएको घटनामा अहिलेसम्म २३ जनाको शव भेटिएको छ।

शुक्रबार बिहान १०:५० बजेसम्मको अपटेड अनुसार कुल २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उनले बताए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।

अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ।

०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार ऋषिपाल साह, रमितकुशर माझी, जयप्रकाश ठाकुर, किशोरकुमार चौधरी (चालक), अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा र अमृता कुमारीको सनाखत भएको हो।

त्यस्तै ०३-००६ ख १५१६ नम्बरको एन्जल बसमा सवार विकास परियार, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित र चन्द्र प्रभा कुमारीको सनाखत भएको हो।

Comment


Related News

Latest News

Trending News