२०८१ श्रावण ५, शनिबार १७:२९

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको आर्थिक वर्ष एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थपिएर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख रुपैयाँ सरकारी ऋण पुगेको हो ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२ दशमलव ६५ प्रतिशत बराबर हो । सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ अर्थात् जिडिपीको २० दशमलव ७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ अर्थात् जिडिपीको २१ दशमलव ९५ प्रतिशत पुगेको छ ।

गएको आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि तीन खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा तीन खर्ब पाँच अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । गएको आर्थिक वर्षमा सरकारले दुई खर्ब २३ अर्ब ३४ करोड साँवा र ८२ अर्ब तीन करोड १७ लाख रुपैयाँ बराबर ब्याज भुक्तानी गरेको छ ।

Comment

Related News

Latest News

Trending News