अपडेट 
२०८१ श्रावण ६, आईतवार ०८:५१

गत असार २८ गते शुक्रबार दुईवटा बससहित त्रिशूलीमा खसेर बेपत्ता भएका यात्रुहरूको खोजी कार्य अझै पनि जारी छ ।

चिवतन प्रहरीले जनाए अनुसार शनिबारसम्म २५ जनाको शव फेला परेको छ भने अझै ३७ यात्रु बेपत्ता रहेका छन् । चितवनको सीमलतालदेखि भारतका नहरसम्म खोज्दा सुरक्षाकर्मीले फेला पारेकामध्ये ८ वटा शवको सनाखत हुन सकेको छैन भने १७ वटा शव सनाखत भएको छ ।

बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्सका मालिक पनि सोही बसमा सवार थिए । भक्तपुरको चाँगुनारायण– ५ का राजेन्द्र लामिछाने सोही बसका मालिक रहेको चितवन प्रहरीले जनाएको छ । उनको शव भारतको बगाहमा फेला परेको छ ।

एञ्जलसहित काठमाण्डुबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोसँगै बगेरको थियो । बेपत्ता यात्रुको खोजीमा शनिबारदेखि भारतको खोज तथा उद्धार टोली पनि खटिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News