अपडेट 
२०८१ श्रावण ७, सोमबार ०८:२८

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकु्मार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका विभिन्न मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री सिंहले आइतबार कार्यालय समयमा मुख्यमन्त्रीको कार्यालयसहित ११ मन्त्रालयमा छड्के जाँच गरेका छन् । उनले मन्त्रालयमा भइरहेको कामलाई चुस्त बनाउन छड्के निरीक्षण गरेको बताए । उनले प्रदेशको अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसंख्या, उर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गरे । उनले निरीक्षणका क्रममा भने, “अधिकांश कर्मचारीमा लापरबाही देखिएको छ, खासगरी कार्यालयमा हाजिर नगर्ने, विदामा बस्दा स्वीकृति नलिनेजस्ता समस्या देखा परेका छन्, यसलाई तत्काल सुधार गर्नुपर्छ ।” निरीक्षणका क्रममा देखिएका समस्यालाई मध्ये नजर गर्दै हरेक मन्त्रालयमा देखिएको समस्यालाई खुलाउनेगरी जवाफ मागेको छ ।

मुख्यमन्त्रीको पहिलो दिनको निरीक्षणमा देखिएका समस्यालाई तत्काल सुधार गर्न सबै कर्मचारीलाई उनले निर्देशनसमेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News