अपडेट 
२०८१ श्रावण ७, सोमबार ०८:४२

सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका कारण ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय कार्यान्वयन नगर्न गृहले गएको शुक्रवार परिपत्र गरेको हो ।

यसअघि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम लागू भएको थियो । तर, ज्येष्ठ नागरिकले दुःख पाएको गुनासो गरेपछि गएको असार २७ गते सरकारले तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले निर्णय गरे पनि यससम्बन्धी औपचारिक परिपत्र नआएको भन्दै पालिकाहरुले परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएका थिए । अब अनिवार्य नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार हिजो राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पनि यसबारे जानकारी गराइएको छ ।

Comment


Related News

Latest News

Trending News