अपडेट 
२०८१ श्रावण ८, मंगलवार १९:११

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घुस दिएको घटनामा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सहसचिव एवं प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए।

मन्‍त्री महतोले छोराको समकक्षता प्रमाणपत्र लिँदा पाँच हजार घुस बुझाएको भन्दै सोमबारको प्रतिनिधि सभा बैठकमा उनले बताएका थिए।

त्यस विषयमा शिक्षा मन्त्रालयले समिति बनाएर सात दिन भित्र सुझावसहित प्रतिवेदन पेश गर्न भनिएको हो।

‘पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा एक गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गर्न सात दिनको सुझावसहितको प्रतिवेदन पेश गर्न  शिक्षा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको,’ विज्ञप्तिमा भनिएको छ।

 

Comment


Related News

Latest News

Trending News