![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/07/Saurya-Airlines-Crash.jpg)
नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ।
उक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2024/07/sauray-plane-crash-11-TIA-can.jpg?resize=1200%2C1688&ssl=1)