२०८१ श्रावण ११, शुक्रबार १९:४७

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

साउन २७ गतेदेखि ललितपुरको थसी बैंक्वेटमा बैठक हुने पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त बैठकमा महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक पार्टीले खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने बताइएको छ।

बैठक ४ दिनसम्म चल्नेछ।

Comment

Related News

Latest News

Trending News