अपडेट 
२०८१ श्रावण १२, शनिबार १४:५५

सिमलतालको पहिरोमा परि यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई बसको खोजीको लागि भारतबाट आएका खोजी टोलीले आज म्याग्नेट प्रयोग गरेर खोजीको अन्तिम प्रयास थालेका छन् ।

चार जना गोताखोरसहित आएका १२ जना भारतको राष्ट्रिय विपद् रेस्पोन्स टीमका टोली सात दिनकोे लागि भनेर खोजी कार्यमा सहयोग गर्न चितवन आएका थिए । हिजो शुक्रबार नै उनीहरु खोजीको लागि आएका सात दिनको समय पूरा भइसकेको छ ।

उनीहरु चितवन आएदेखि नै दुर्घटनामा हराइरहेका ३२ जना यात्रु र दुबै बसको कुनै पत्तो लागेको छैन । खोजीको लागि दैनिक पाँच सय हाराहारीमा सुरक्षाकर्मी, तालिमप्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेका छन् ।

साउन ४ गतेदेखि नै उक्त दुर्घटनासँग सम्बन्धित व्यक्तिको थप संख्या पनि भेटिएको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, – भारतीय टोली आएर पनि कुनै प्रगति हुन सकेको छैन । आज ४० किलोको म्याग्नेटिक डिभाइस ल्याएर अन्तिम खोजी प्रयास गरिँदै छ । उनका अनुसार सिमलताल दुर्घटनास्थल सिमलतालदेखि केराबारी क्षेत्रसम्मको त्रिशूली नदीमा आज भारतबाट ल्याइएको म्याग्नेटिक डिभाइस पानीभित्र डुबाएर खोजी गरिँदै छ ।

अहिलेसम्म केही प्रगति नभएपछि भारतीय टोलीले उतैबाट म्याग्नेटिक डिभाइस मगाएका हुन् । उक्त डिभाइसले पानीमूनी भएको बस्तुलाई पहिचान गर्न सजिलो हुन्छ ।

गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बसलाई सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले त्रिशूली नदीमा खसाएको थियो ।

त्रिशूलीमा डुबेका दुबै बसमा गरेर ६५ जना यात्रु रहेक थिए । उनीहरुमध्ये तीन जनाले पौडिएर ज्यान बचाएका थिए । बाँकी ६२ जना त्रिशूलीमा बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये १९ जनाको शव खोजी टोलीले भेटेर बसका यात्रु रहेको पहिचान छ । तिमध्ये ५ जना भारतीय नागरिक रहेका छन् ।

Comment


Related News

Latest News

Trending News